‘तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय असमानताहरूको अन्त्य गर्नेछ’

‘तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय असमानताहरूको अन्त्य गर्नेछ’


  • 5.0K
    SHARES
    • भाद्र १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    ‘तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय असमानताहरूको अन्त्य गर्नेछ’

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन् । उनले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

    images

    हिन्दू धर्मावलम्वी नेपाली महिलाको पर्व हरितालिका तीजका अवसरमा शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना गरेका छन् ।

    नेपालमा भाद्र शुक्ल पक्ष तृतीयाका दिनलाई भगवान् शिव-पार्वतीको पूजा आराधना गर्दै हिन्दु महिलाहरूले तीज मनाउने भए पनि हालका दिनमा सबै समुदायले यसलाई पारिवारिक सु-स्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासकासाथ श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।

    प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास लिएका छन् । साथै उनले यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भका रुपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।