काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ४९पैसा र बिक्री दर १२८ रुपैयाँ २५ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ ९ पैसा छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९ रुपैयाँ ३३ पैसा र बिक्री दर १५० रुपैयाँ ३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९३ पैसा र बिक्री दर ३५ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

