• ट्रेण्डिङ्ग :
किन खस्कियो नेपालको क्रिकेट वरीयता ?

किन खस्कियो नेपालको क्रिकेट वरीयता ?


  • 4.8K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    किन खस्कियो नेपालको क्रिकेट वरीयता ?

    काठमाडौं । टि-ट्वान्टी अन्तर्राष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बुधबार सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो ।

    images

    यसअघि नेपाल १५ औँ स्थानमा रहेको थियो । एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा रहेको छ । केन्या विरुद्धको पाँच खेलको टि-ट्वान्टी सिरिजको उपाधि जितेता भए पनि नेपालको वरीयता भने खस्कियो ।

    मङ्गलबार प्राप्त उक्त सिरिज नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो । अब नेपालले केन्याविरुद्ध तीन एक दिवसीय सिरिज खेल्नेछ । उक्त खेल यही भदौ १७ गतेदेखि सुरु हुनेछ । 

    टी–ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ भने इंग्ल्यान्ड दोस्रो तथा पाकिस्तान तेस्रो स्थानमा रहेको छ । यसैगरी दक्षिण अफ्रीका चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलङ्का आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेका छन् ।


    तेस्रो आँखा