एकदिवसीय अभ्यास खेल : केन्यासँगको खेलमा नेपालको क्लिन स्विप !

एकदिवसीय अभ्यास खेल : केन्यासँगको खेलमा नेपालको क्लिन स्विप !


  • 6.6K
    SHARES
    • भाद्र २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    एकदिवसीय अभ्यास खेल :  केन्यासँगको खेलमा  नेपालको क्लिन स्विप !

    काठमाडौं । एकदिवसीय अभ्यास खेलको शृङ्खलाको  तेस्रो तथा अन्तिम खेलमा केन्यालाई  नेपालले ६ विकेटले हराएको छ । नैरोबीमा सोमबार भएको खेलमा  नेपालले 'क्लिन स्वीप' गर्दै  एकदिवसीय शृङ्खला जितेको हो । 

    images

    पहिले ब्याटिङ गर्दै केन्याले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटाएपछि जित सुनिश्चत भएको हो । नेपालका लागि बसिर अहमदले ५२, रोहित पौडेलले ४६, ज्ञानेन्द्र मल्लले ३३, अर्जुन साउदले ५८  र आसिफ शेखले ५६  रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेलले दुई तथा शेम एनगोचे र याश तालातीले एक/एक विकेट लिए ।

     यसअघि नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५५ रन बनायो । केन्याका लागि कोलिन्स अबुयाले ८४, लुकास एनडानडासनले नटआउट ५९, सुखदिप सिंहले ३७  र इमानुएल बुन्डीले २३ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई/दुई विकेट लिए । यस्तै वसिर अहमद र शाहब आलमले एक/एक विकेट लिए ।

    यस जितसँगै नेपालले केन्याविरुद्धको दुवै सिरिज आफ्नो पक्षमा पारेको छ । नेपालले यसअघि पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि ३–२ ले जितेको थियो । यसअघि भएको पाँच खेलको  टी-२० अन्तर्राष्ट्रिय शृङ्खला पनि नेपालले तीन–दुईले जितेको थियो ।