• ट्रेण्डिङ्ग :
राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट लामिछाने निलम्बित

राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट लामिछाने निलम्बित


  • 6.3K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट लामिछाने निलम्बित

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा भदौ २३ गते जबरजस्ती करणीसम्बन्धी जाहेरी परेपछि क्यानले निलम्बन गर्ने निर्णय गरेको हो ।

    images

    यस्तै लामिछानेमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी पनि जारी भइसकेको छ । बालिका करणीको अभियोग लागेका उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतले पक्राउ गर्न अनुमति दिएको हो । करणीको अभियोग लगाएपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई निवेदन दिएको थियो ।

    यस अवस्थामा क्यानको कार्यसम्पादनको बिहीबारको निर्णयअनुसार लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । केन्याविरुद्धको टी-ट्वान्टी सिरिजपछि उतैबाट वेस्ट इन्डिज पुगेका सन्दीपविरुद्ध एक व्यक्तिले आफ्नी १७ वर्षीया नाबालिका बहिनीलाई यही भदौ ६ गते जबरजस्ती करणी गरेको आरोपसहित मंगलबार प्रहरीमा जाहेरी दिएका थिए।

    Can.png

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • # नेपाल क्रिकेट संघ

  • तेस्रो आँखा