अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघको नेतृत्व चयनमा बिबाद , एकपक्षीय अध्यक्ष घोषणा

अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघको नेतृत्व चयनमा बिबाद , एकपक्षीय अध्यक्ष घोषणा


  • 8.4K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघको नेतृत्व चयनमा बिबाद , एकपक्षीय अध्यक्ष घोषणा

    तेस्रोआँखा डेस्क
    काठमाडौँ,मंसिर २६ । 
    अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघको नयाँ नेतृत्व चयनका विषयमा दुई समूहबीच बिबाद भएको छ । मंसिर २४ देखि २६ गतेसम्म महासंघको महाधिवेशन काठमाडौँमा आयोजना भएको थियो तर नेतृत्व चयनका विषयमा बिबाद भएपछि महाधिवेशन स्थगन भएको छ । 

    images

    एक सदस्यका अनुसार, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको थियो । निमित्त अध्यक्ष चक्रबन्धु अर्याल, महासचिव अस्मिता भण्डारी र सदस्य किशोरकुमार गौतम अध्यक्षका आकांक्षी थिए । 
    महासंघको विधानबमोजिम अर्याल अध्यक्षको उम्मेदवार बन्न ‘अयोग्य’ साबित भए । उनले गौतमलाई सहयोग गर्ने बचन दिए । 


    अध्यक्षका अर्का प्रत्यासी अस्मिता भण्डारीले आफू नै अध्यक्ष हुने भन्दै लबिङ थालिन् तर चक्रबन्धुको सहयोग पाएपछि बलियो बनेका गौलमलाई अध्यक्ष छाड्न मानेनन् । गौतमको समूह निर्वाचन प्रक्रियामा जान चाहन्थ्यो तर अस्मिताको समूहले निर्वाचन गर्न नदिनेगरी भूमिका थाल्यो । 
    निर्वाचन नै हुन नदिनेगरी महाधिवेशन प्रभावित भएपछि गौतमको समूह महाधिवेशन बहिस्कार गरेर बाहिरियो ।

    उता, चुनावका विषयमा देखिएको बिबादका कारण निर्वाचन समितिसमेत अधिवेशन छाडेर बाहिरियो । 
    अस्मिताको समूहले भने अर्को समूहको उपस्थिति नभएपछि आफूलाई निर्वाचित घोषणा गरेको छ तर गौतमलाई अध्यक्षमा समर्थन दिएका अर्यालले जिल्ला प्रशासन कार्यालयलाई महाधिवेशन स्थगन भएको भन्दै पत्र पठाएका छन् । 


    ‘आफू अध्यक्ष बन्नका लागि पूरै सेटिङ मिलाइयो, निर्वाचनको कार्यक्रमसमेत गर्न दिइएन’, एक सदस्यले भने– ‘अनि एकलरूपमा आफूलाई अध्यक्ष घोषणा गरेर अबिरमाला लगाइएको छ ।’ 
    उनका अनुसार, बाह्य मुलुकहरूबाट समेत प्रतिनिधि सहभागी महाधिवेशनमा भण्डारीले आफू निकटस्थलाई मात्रै बोलाइएकि थिइन् । ‘बाह्य मुलुकबाट पनि आफ्ना निकटस्थलाई मात्रै प्रतिनिधिका रूपमा बोलाइएको थियो’, उनले भने– ‘कसैलाई पनि अध्यक्ष बन्न नपाउनेगरी ‘क्राइट एरिया’ बनाइएको समेत थियो तर गौतमजीको क्राइट एरिया पुगेपछि उहाँलाई उनीहरूले रोक्न सकेनन् ।’ 


    नेतृत्व चयनका विषयमा बिबाद भएपछि स्थगित महाधिवेशन अब के हुने भन्ने अन्योल कायम भएको छ । महासंघको अध्यक्षमात्रै चुनिने व्यवस्था छ ।


    तेस्रो आँखा