काठमाडौं । पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले केन्यालाई हराएको छ । नेपालले शुक्रबार केन्यालाई सात विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गदैै केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा भेटाएपछि जित सुनिश्चित भएको हो ।
नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले शतक बनाए । उनी एक सय १० रन बनाएर आउट भए । अर्का ओपनर ब्याटर ६१ रन बनाएर आउट भए । यस्तै ज्ञानेन्द्र मल्लले २३ रनको योगदान दिए ।
नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा दुई सय १८ रन बनाएर अलआउट भएको थियो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन बनाए । कोलिन्स ओबुयाले ६२, इरफान करिमले ३० र सचिन भुडियाले २६ रनको यागदान दिए ।
बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीन\तीन विकेट लिए । केन्यालाई पहिलो खेलमै हराएसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेलमा एक–शून्यको अग्रता बनाएको छ । दोस्रो खेल भोलि (शनिवार) र तेस्रो खेल सोमवार हुने जनाइएको छ । यसअघि पाँच शृङ्खलाको टी–२० प्रतिस्पर्धामा नेपालले केन्यालाई ३–२ ले जितेको थियो ।
