संघ-प्रदेश निर्वाचन
ओखलढुंगा कांग्रेसद्वारा उम्मेदवार सिफारिस : आकांक्षी धेरै, चयनमा सकस !

ओखलढुंगा कांग्रेसद्वारा उम्मेदवार सिफारिस : आकांक्षी धेरै, चयनमा सकस !


  • 11.2K
    SHARES
    • भाद्र १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 17.3K Views

    ओखलढुंगा कांग्रेसद्वारा उम्मेदवार सिफारिस : आकांक्षी धेरै, चयनमा सकस !

    काठमाडौं । ओखलढुंगा कांग्रेसले आगामी मंसिर चार गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक गरि ५५ जनाको नाम सिफारिस भएको छ ।

    images

    एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र भएको ओखलढुंगामा कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि मात्र चार जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितीको बैठकले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो । 

    ओखलढुंगा कांग्रेसले प्रतिनिधिसभा सदस्यमा प्रदिप कुमार सुनुवार, रामहरी खतिवडा, खिलानाथ दाहाल र बालकृष्ण दाहाल गरी चार जनाको नाम सिफारिस गरेको छ । 

    त्यस्तै प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फ महेश कुमार कोर्माचा, गामा बेसी र बाला अधिकारी गरी तीन जनाको नाम सिफारिस गरेको छ । त्यस्तै अपांगतर्फ डेकराज भटट्राई र आदिवासी जनजातीतर्फबाट हेमालक्ष्मी राईको नाम सिफारिस  भएको छ । 

    क्षेत्र (क) को प्रत्यक्षतर्फ १४ र समानुपातिकतर्फ १२ जना सिफारिस

    जिल्लाका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र (क) मा प्रत्यक्षतर्फ १४ र समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस भएकोे छ । गंगा बहादुर कार्की, राज कुमार ढुंगाना, सर्बधन तामाङ, नबिन राई, बद्रिनाथ दाहाल, टेकराज भट्टराई, वेदबहादुर रोक्काको नाम सिफारिस भएको छ । त्यस्तै हरिप्रसाद दाहाल, लिलावल्दन दाहाल, विनोदकुमार केसी, महेन्द्रबहादुर कार्की, नन्दलाल गिरी, केदारनाथ दाहाल र दिनेश मगरको नाम सिफारिस भएको छ । 

    त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (क)को समानुपातिक तर्फ तिर्थराजथापा क्षेत्री, पेमानिमा शेर्पा, हमालक्ष्मी राई, टिकराम कार्की, झिला देवी दाहाल, अम्बरबहादुर बिकको नाम सिफारिस भएको छ । त्यस्तै हेम कुमार तामाङ, पदमकुमार तामाङ, प्रकाश कार्की, मैया राई, युवराज गजमेर र शान्ता भण्डारी गरी १२ जनाको नाम सिफारिस भएको छ । 

    क्षेत्र (ख) को प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १२ जना सिफारिस

    त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (ख) को प्रत्यक्षतर्फ कुमार लुइटेल, रुद्रप्रसाद अधिकारी, अजय लुईटेल, भोजकुमार श्रेष्ठ, बाला अधिकारी, पुरुषोत्तम लुइटेल, राजनकुमार अधिकारी र शान्तिराज खड्का गरी आठ जनाको नाम सिफारिस भएको छ । 

    त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (ख)को समानुपातिकतर्फ सविता राई, कुमार बहादुर श्रेष्ठ, दुर्गा कुमारी तामाङ, लेखबहादु राई, बलबहादुर तामाङ, सुन्तला परियारको नाम सिफारिस भएको छ । त्यस्तै गोपाल खड्का, खिम तामाङ, इन्द्रमाया मगर, चन्द्रबहादुर कार्की अर्चना लुईटेलगरी १२ जनाको नाम सिफारिस भएको छ । 

    कांग्रेसबाट मात्र प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि धेरैको नाम सिफारिस भएकाले नेताहरुको आन्तरिक व्यवस्थापनमा नै कठिन देखिएको कांग्रेसमा सत्तारुढदलबीच गठबन्धन गरेर निर्वाचनमा जाँदा व्यवस्थापनमा थप कठिन हुने देखिन्छ ।

  • सम्बन्धित विषय:

  • # ओखलढुंगा

  • पदम भुजेल
    लेखकबाट थप