काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप १४२ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
जम्मा तीन हजार ४५० जनाको नमुना परीक्षण गर्दा १४२ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार ७५६ जनाको पिसिआर परीक्षण गर्दा ११६ जनामा र एक हजार ६९४ जनाको एन्टीजेन परीक्षण गर्दा २६ जनामा कोरोना भाइरस देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको कारण कसेको मृत्यु भएको छैन भने २३० संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार ५२८ रहेको छ ।

