काठमाडाैं । काठमाडौं महानगरपालिकाले सात वटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर र सोको नियमअनुसार लाग्ने जरिवाना बुझाउन अल्टिमेटम दिएको छ ।
महानगरले आाइतबार एक सूचना जारी गर्दै म्यारियट, अन्नपूर्ण, र्याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्ल होटलका क्यासिनोलाई कर र सोको नियमअनुसार लाग्ने जरिवाना बुझाउन अल्टिमेटम दिएको हो ।
पटकपटक ताकेता गर्दा पनि कर नबुझाएको भन्दै महानगरले अब पनि तोकिएको समयमा नबुझाएमा महानगरको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी असूलउपर गर्ने चेतावनी दिएको छ ।
