काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १२६ रुपैयाँ ७८ पैसा र बिक्री दर १२७ रुपैयाँ ३८ पैसा छ । यस्तै स्विस फ्र्यांक १ को खरिद दर १२९ रुपैयाँ ९० पैसा र बिक्री दर १३० रुपैयाँ ५१ पैसा तोकिएको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ६० पैसा र बिक्री दर १४७ रुपैयाँ २९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

