• ट्रेण्डिङ्ग :
क्यानडाका विभिन्न स्थानमा जथाभावी छुरा प्रहार, कम्तीमा १० जनाको मृत्यु

क्यानडाका विभिन्न स्थानमा जथाभावी छुरा प्रहार, कम्तीमा १० जनाको मृत्यु


  • 5.5K
    SHARES
    • भाद्र २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    क्यानडाका विभिन्न स्थानमा जथाभावी छुरा प्रहार, कम्तीमा १० जनाको मृत्यु

     अन्तारियो । मध्य क्यानडाको सस्काचेवन प्रान्तमा जथाभावी छुरा प्रहार सर्वसाधारण मानिसहरूलाई जथाभावी आक्रमण गरिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएको प्रहरीले जनाएको छ। मृतक तथा पीडितहरू जेम्स स्मिथ क्री नेशन र नजिकैको वेल्डनसहित विभिन्न १३ स्थानमा फेला परेका थिए । दुई जनालाई उक्त घटनामा सन्दिग्धका रूपमा पहिचान गरिएको छ। तर उनीहरू फरार छन् ।

    images

    प्रहरीले ३१ वर्षीय डेमियन स्यान्डर्सन र ३० वर्षीय माइल्स स्यान्डर्सनसँग हतियार भएको र उनीहरू खतरनाकलाई खतरनाक मानिएको जनाएको छ। प्रान्तभरि उनीहरूको व्यापक खोजी भइरहेकाले सर्वसाधारण मानिसलाई घरभित्र बस्न भनिएको छ। 'सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई तपाईँको निवासमा प्रवेश गराउँदा सावधानी अपनाउनुहोस्,' रोयल क्यानेडियन माउन्टिड पोलिस (आरसीएमपी) सस्काचेवनले ट्वीट गरेको छ।

    त्यहाँ सुरक्षाजाँच गर्ने नाकाहरू स्थापना गरिएको छ। प्रहरीले यात्रुहरूको पहिचान जाँच गरिरहेका छन् । आरसीएमपी सस्काचेवनले चालकहरूलाई पदयात्रुलाई आफ्नो गाडीमा चढ्न नदिन आग्रह गरेको छ। जेम्स स्मिथ क्री नेशनमा सङ्कटकालीन अवस्था घोषणा गरिएको छ। यो सानो गाउँ वेल्डनको उत्तरपूर्वमा रहेको आदिवासीहरूको क्षेत्र हो । सस्काचेवन, मनिटोबा र एल्बर्टा प्रान्तमा सबै मानिसको मोबाइल फोनमा खतरनाक व्यक्तिसम्बन्धी जानकारी पठाइएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले यस आक्रमणलाई भयानक र हृदयविदारक घटना भएको बताएका छन्।

    'म आफ्ना प्रियजन गुमाउने र घाइते भएकाहरूको बारेमा सोचिरहेको छु,' उनले ट्वीट गरेका छन् । आइतवार साँझको समाचार प्रवाह गर्दै प्रहरीले थप घाइतेहरू आफैँ अस्पताल पुगेको हुनसक्ने बताएका छन् । उनीहरूलाई सरकारी अधिकारीहरूसँग सम्पर्क गर्न आग्रह गरेको छ। आरसीएमपी सस्काचेवनका कमान्डिङ अफिसर रोन्डा ब्ल्याक्मोरले दुई सन्दिग्धहरूले केही मानिसलाई निसाना बनाएको हुनसक्ने र अन्यलाई अनियमित रूपमा आक्रमण गरिएको हुनसक्ने बताइन् । 

    प्रहरीलाई घटनाबारे पहिलो आपत्कालीन जानकारी फोनमार्फत् आइतवार स्थानीय समयानुसार ०५:४० मा वेल्डनबाट २८० किलोमिटर दक्षिणमा रहेको प्रान्तीय राजधानी रेजाइनामा प्राप्त भएको उनले बताइन् । त्यसपछि सहायताका निम्ति एकपछि अर्को गर्दै थुप्रै फोनबाट धेरै पटक सूचना आयो र घटनाक्रम द्रुत गतिमा विकसित भयो । सन्दिग्धहरू अन्तिम पटक आइतवार दिउँसो रेजाइनामा देखिएको हुनसक्ने केही स्थानीयवासीले बताएका छन्।

    उनीहरू कालो निसान रग गाडीमा हुन सक्छन् । ब्ल्याक्मोरले ती पुरुषहरूलाई देख्ने जो कोहीलाई उनीहरूबाट टाढा बस्न चेतावनी दिएकी छन्। 'उनीहरूलाई सशस्त्र र खतरनाक मानिन्छ। यदि तपाईँले सन्दिग्ध व्यक्ति वा उनीहरूको गाडी देख्नुभयो भने नजिक नजानुहोस्। तत्काल त्यस क्षेत्र छोड्नुहोस् र ९११ मा सम्पर्क गर्नुहोस्। ' अहिलेसम्म उनीहरू रहेको 'स्थान र उनीहरू कता जाँदै छन् भन्ने कुरा अज्ञात' भएको उनले बताइन् ।

    'त्यसैले प्रान्तमा हामी सबै जना सतर्क रहनु आवश्यक छ।' वेल्डन निवासी एक महिलाले आफ्ना छिमेकीको पनि छुरा प्रहार भएका कारण मृत्यु भएको ग्लोब एन्ड मेल पत्रिकालाई बताएकी छन् । उनका अनुसार ती व्यक्त उनका नातिसँग बस्थे। अर्का व्यक्तिले मृतक ७० वर्षमाथिका विधुर भएको जनाएका छन् ।-बीबीसी 

     

     

  • सम्बन्धित विषय:

  • # क्यानडा

  • तेस्रो आँखा