• ट्रेण्डिङ्ग :
नेप्से अब पाँच दिन मात्र खुल्ने !

नेप्से अब पाँच दिन मात्र खुल्ने !


  • 6.7K
    SHARES
    • भाद्र २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    नेप्से अब पाँच दिन मात्र खुल्ने !

    काठमाडौं । नेपाल स्टक एक्सचेन्जले असोजदेखि सातामा पाँच कार्य दिन मात्र नेप्से खुल्ने जनाएको छ । यसअघि शुक्रबारसमेत गरी सातामा ६ कार्य दिन नेप्से खुला रहँदै आएको थियो । अब शुक्रबार कारोबार बन्द हुने भएको हो ।

    images

    नेप्सेको सञ्चालक समितिको बैठकले सातामा पाँच कार्य दिन मात्र नियमित कारोबारका लागि नेप्से खुला गर्ने निर्णय गरेको हो । यसअघि पनि सातामा पाँच कार्य दिन मात्र नेप्से खुला रहने गरेको थियो ।

    तर सरकारले २०७९ जेठबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएपश्चात नेप्से शुक्रबार पनि खुला गरिएको थियो । शुक्रबार दुई घण्टाका लागि सेयर कारोबार खुला हुने गरेकामा असोजदेखि भने शुक्रबारको कारोबार बन्द हुनेछ ।