कfठमाडौँ । नेपाल राष्ट्र बैंकले मगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ४४ पैसा र बिक्री दर १२८ रुपैयाँ ४ पैसा रहेको छ । युरो एकको खरिद दर १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १८ पैसा छ । यस्तै स्विस फ्र्यांक १ को खरिद दर १२९ रुपैयाँ ८६ पैसा र बिक्री दर १३० रुपैयाँ ४७ पैसा तोकिएको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४७ रुपैयाँ ६५ पैसा र बिक्री दर १४८ रुपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७९ पैसा र बिक्री दर ३४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

