गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन कर्मचारीलाई प्रधानमन्त्री देउवाकाे आग्रह

गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन कर्मचारीलाई प्रधानमन्त्री देउवाकाे आग्रह


  • 5.3K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन कर्मचारीलाई प्रधानमन्त्री देउवाकाे आग्रह

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् ।  उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए ।

    images

    प्रधानमन्त्री देउवाले १९ औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताए । उनले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राखे । ‘हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो’, उनले भने, ‘तर कर्मचारी (तपाई)हरु स्थायी सरकार हो । मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ ।’ उनले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको बताए । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गरे । 

    कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामती प्रशासन उत्कृष्ट प्रशासनको रुपमा हुनुपर्ने बताए । उनले अहिलेको निजामती प्रशासन डिजिटल प्रणालीमा हुनुपर्ने भन्दै जनताको काम छिटोछरितो रुपमा हुनुपर्ने बताए । उनले सेवाग्राहीका काम कार्यगत एकता प्रणालीमार्फत हुनुपर्ने बताए।  

    “ जुन काम गर्नुपर्ने हो । त्यो काम एकै कोठाबाट हुनुपर्दछ”, उनले भने, “एउटा फाइल अर्को कोठामा घुमाउँदा तीन दिन बित्छ । त्यसैले कार्यगत एकता प्रणालीमामार्फत काम हुनुपर्दछ । ” उनले सङ्घीय निजामती सेवा विधेयक अर्थ र कानुन मन्त्रालयले राय दिने वित्तिकै संसद्मा टेबल गर्ने बताए । विधेयकमा छुटेका कुरालाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर टुङ्ग्याउने उनको भनाइ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री

  • तेस्रो आँखा
    लेखकबाट थप