धनुषाको नगराइन : धानखेतमा दुई किशोरीको शव फेला

धनुषाको नगराइन : धानखेतमा दुई किशोरीको शव फेला


  • 7.6K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    धनुषाको नगराइन : धानखेतमा दुई किशोरीको शव फेला

    जनकपुर । धनुषाको नगराइन नगरपालिका ७ स्थित धान खेतमा दुई  किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन ७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन ७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो । 
     
    स्थानीयवासी खेतमा जाँदैगर्दा  ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले  किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिए।

    images

  • सम्बन्धित विषय:

  • # धनुषाा
  • # दुई किशोरीको शव फेला

  • तेस्रो आँखा