महिला साफ च्याम्पियनसिप : भारतले पाकिस्तानलाई ३-० गाेलले हरायो

महिला साफ च्याम्पियनसिप : भारतले पाकिस्तानलाई ३-० गाेलले हरायो


  • 7.6K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    महिला साफ च्याम्पियनसिप : भारतले पाकिस्तानलाई ३-० गाेलले हरायो

    काठमाडौं । जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पाकिस्तानको आत्मघाती गोलबाट भारतले पहिलो अग्रता लियो । खेलको २१औँ मिनेटमा पाकिस्तानकी कप्तान मारिया खानले आफ्नै पोष्टमा आत्मघाती गोल गरिदिएपछि भारतले पहिलो अग्रता लिएको हो । 

    मारियाले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै भारतले दोस्रो अग्रता लियो । खेलको २३औँ मिनेटमा भारतीय खेलाडी ग्रेस डाङमीले गोल गर्दै भारतलाई दोस्रो अग्रता दिलाएकी हुन् । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भारतकी सौम्या गुगुलोथले एक गोल थप्दै खेललाई ३–० को जित दिलाइन् । यस जितसँगै भारतले शीर्ष तीन अङ्क जोडेको छ ।

    पाकिस्तानले भने प्रतियोगितमा हारबाट सुरुआत ग¥यो । उक्त प्रतियोगिताअन्तर्गत आज हुने दोस्रो खेलमा माल्दिभ्स र बङ्गलादेश भिड्नेछन् । खेल साँझ साढे ५ बजेदेखि सुरुआत हुनेछ ।

  • सम्बन्धित विषय:

  • # महिला साफ च्याम्पियनसीप

  • तेस्रो आँखा
    लेखकबाट थप