कांग्रेसले बहुमत ल्याउन र ५ वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेकाे हो : कोइराला

कांग्रेसले बहुमत ल्याउन र ५ वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेकाे हो : कोइराला


  • 6.7K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    कांग्रेसले बहुमत ल्याउन र ५ वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेकाे हो : कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको बताएका छन् । 

    images

    प्रेस युनियनले जनकपुरमा बिहीबार आयोजना गरेको कार्यक्रममा कोइरालाले केन्द्रीय समितिको बैठकले कांग्रेसले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको बताएका हुन् । 

    निर्वाचनमा सय सिटभन्दा कममा निर्वाचन लड्दा बहुमत प्राप्त गर्न नसकिने भन्दै कोइरालाले कांग्रेसले सय सिट अनिवार्य पाउनुपर्ने बताए । कांग्रेसको आन्तरिक व्यवस्थापन गर्न सय सिट लिँदा पनि धेरै ठाउँ विद्रोह हुने भन्दै सय भन्दा कम सिट लिएमा आन्तरिक व्यवस्थापन गर्न नसकिने उनको भनाइ छ ।

    फरक-फरक राजनीतिक दलबीचमा तालमेल भएको कारणले निर्वाचनको परिणाम यस्तै हुन्छ भन्न सकिने अवस्था नभएको पनि उनले बताए । 

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप