पूर्णिमा व्रत बसे चन्द्रमाको असीम कृपा प्राप्त हुने !

पूर्णिमा व्रत बसे चन्द्रमाको असीम कृपा प्राप्त हुने !


  • 6.0K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    पूर्णिमा  व्रत बसे चन्द्रमाको असीम कृपा प्राप्त हुने !

    काठमाडौं । भाद्रशुक्ल पक्षको अन्तिम दिन आज पूर्णिमा तिथि हो । पूर्णिमा तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो हुने गर्छ । तेजिलो रूपमा देखिन्छ। यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने विश्वास छ । यस्तै स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

    images

    पूर्णिमाको दिन विशेषसरि भगवान् शिव र विष्णुको आराधना गर्ने गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्यनारायण पुजाको स्वरूपमा गरिन्छ । सामान्यत: सत्यनारायण पूजा जहिले गरे पनि हुने भनिए पनि पूर्णिमाको दिनमा गरिने पूजाको निकै नै महत्व छ । 

    यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयदेखि साँझमा चन्द्रोदय भएसम्म गरिन्छ ।  निराहार र निर्जल बसेर पिन व्रत  लिन सकिन्छ । एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर पनि  व्रत बस्न सकिन्छ । साँझमा चन्द्र उदाएसँगै चन्द्रमाको दर्शन गरेपछि व्रत समापन हुने नियम छ ।

  • सम्बन्धित विषय:

  • # पूर्णीमा व्रत
  • # भाद्रशुक्ल पक्ष

  • तेस्रो आँखा