काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए' र 'बी' डिभिजनका क्लबको पुरस्कार दिएको छ ।
एन्फाले 'ए' डिभिजन लिग सकिएको ६ महिनापछि र 'बी' डिभिजन लिग सकिएको पाँच महिनापछि उपाधिको पुरस्कार, म्यान अफ दी म्याचको पुरस्कार रकम शुक्रबार क्लब तथा खेलाडीको बैंक खातामा पठाएको छ ।
यसअघि एन्फाले ढिलो गरेर पुरस्कार रकम दिने गरेको थियो जसको नेपाली फुटबल वृत्तमा आलेचना हुने गरेको थियो ।
'ए' डिभिजनतर्फ च्याम्पियन मछिन्द्र क्लबले सर्वाधिक ५७ लाख ३५ हजार पाउँदा सबैभन्दा कम च्यासल युथ क्लबले तीस हजार रुपैयाँ प्राप्त गर्यो ।
त्यस्तै बी डिभिजनतर्फ सर्वाधिक चर्च ब्वाइज युनाइटेडले १४ लाख ४५ हजार पाउँदा सबैभन्दा कम झम्सिखेल युथले एक लाख १० हजार पाएको छ ।
