एलिजाबेथको निधनमा आजदेखि ३ दिन शोक !

एलिजाबेथको निधनमा आजदेखि ३ दिन शोक !


  • 5.0K
    SHARES
    • भाद्र २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    एलिजाबेथको निधनमा आजदेखि ३ दिन शोक !

    काठमाडौं।  बेलायती महारानी एलिजाबेथ द्वितीयाको  निधनमा नेपालले आज शनिबारदेखि तीन दिन शोक मनाउने भएको छ । मन्त्रिपरिषद्को  शुक्रवार बसेको बैठकले उनको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको हो । बेलायती महारानीको निधनप्रति दुःख पनि व्यक्त गरेको छ ।  

    images

     बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो । यस्तै  तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो । एलिजाबेथ द्वितीयाको  बिहीवार राति ९६ वर्षको उमेरमा निधन भएको थियो ।