२०१७ सालमा बनेको विद्यालय बन्यो जीर्ण, वडाध्यक्ष भन्छन्- सुधारको पहल गरिरहेको छु

२०१७ सालमा बनेको विद्यालय बन्यो जीर्ण, वडाध्यक्ष भन्छन्- सुधारको पहल गरिरहेको छु


  • 5.2K
    SHARES
    • भाद्र २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    २०१७ सालमा बनेको विद्यालय बन्यो जीर्ण, वडाध्यक्ष भन्छन्- सुधारको पहल गरिरहेको छु

    तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका १४ मा रहेको आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ । २०१७ सालमा स्थापना भएको विद्यालयका सबै भवन जीर्ण छन् । भवनबाट पानी चुहिन्छ । खानेपानीको अवस्था पनि त्यस्तै छ । शौचालय पनि जीर्ण छन् । 

    images

    विद्यार्थीलाई निकै त्रास हुने गरेको छ । ‘भवन निकै जीर्ण अवस्थामा छन्, यो उपमहानगरपालिकाभित्रको अलि विकट ठाउँमा भएर पनि होला, विकास हुन सकेको छैन,’ विद्यालय व्यवस्थापन समिति सदस्य वामदेव केसीले भने, ‘यो विद्यालयको भौतिक सुधारका लागि हामीले पहल गरिरहेका छौँ ।’ पुरानो विद्यालय भए पनि भौतिक संरचनाका हिसाबले निकै पछि परेको उनले गुनासो गरे । केही महिनाअघि मात्रै तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको तीन लाख ५७ हजार बजेटले एउटा भवनको जस्तापाता खरिद, पेन्ट तथा प्लास्टर गरिएको थियो । 

    विद्यालयमा शिशुदेखि कक्षा ८ सम्म पढाइ हुन्छ । विद्यालयमा अहिले २२२ विद्यार्थी अध्ययनरत छन् । विद्यालयको भौतिक संरचना पुनर्निर्माण तथा थप गर्न पहल भइरहेको वडाध्यक्ष शंकर खड्का बताउँछन् । विद्यालय पुरानो पनि भएकाले यसलाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । त्यहाँको खानेपानीको संरचना, शौचालय पनि निकै जीर्ण अवस्थामा रहेकाले त्यसको सुधारका लागि पहल भइरहेकोसमेत वडाध्यक्ष खड्काले बताए । त्यस आसपासका बालबालिकालाई अध्ययन गर्न उक्त विद्यालयमा निकै सहज हुने गरेको छ ।