सोह्रश्राद्ध आज देखि सुरु, वर्ष दिनसम्म पितृ  तृप्त हुने शास्त्रीय मान्यता

सोह्रश्राद्ध आज देखि सुरु, वर्ष दिनसम्म पितृ  तृप्त हुने शास्त्रीय मान्यता


  • 5.0K
    SHARES
    • भाद्र २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    सोह्रश्राद्ध आज देखि सुरु, वर्ष दिनसम्म पितृ  तृप्त हुने शास्त्रीय मान्यता

    काठमाडौं । सोह्रश्राद्ध आजदेखि सुरु भएको छ ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने  आजदेखि सुरु भएको हो। प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना मातापिताको निधन भएको हो, सोही दिन सोह्श्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ। पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ। यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। ठूला पर्व दशैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्श्राद्ध गरिने गरिन्छ । 

    images

    दसैँको सुरुवातमा १६ दिनको पितृ पक्षको ठुलो भूमिका छ,आजबाट यो पितृ पक्ष प्रारम्भ भएको छ । पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ। सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन् पितृ कर्मको महत्त्व तथा आफ्ना बाबु, बाजेलगायतका एउटा ठुलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पण भावको अद्भुत नमुना हो । १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाइ र महत्त्वलाई थप स्पष्ट पार्छ । 

    सोह्र श्राद्ध, पितृ पक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट सुरु भएको यस पक्ष औँसीका दिनसम्म चल्ने गर्दछ । पितृ पक्षमा पितृहरू पृथ्वी लोकमा आ-आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् । पूर्णिमाबाट सुरु भएको पितृ पक्ष औँसीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिका दिन हिन्दूधर्मावम्वीहरु ले पितृ कर्म अर्थात् श्राद्ध गर्ने गर्दछन् । 

     

  • सम्बन्धित विषय:

  • # सोह्रश्राद्ध

  • तेस्रो आँखा