• ट्रेण्डिङ्ग :
इन्धन बाेकेको ट्रकले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु, अनुसन्धान गर्न राजमार्ग ठप्प पारियाे

इन्धन बाेकेको ट्रकले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु, अनुसन्धान गर्न राजमार्ग ठप्प पारियाे


  • 7.5K
    SHARES
    • भाद्र २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    इन्धन बाेकेको ट्रकले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु, अनुसन्धान गर्न राजमार्ग ठप्प पारियाे

    मेक्सिको सिटी । उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ ।

    images

    हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिकानजिकै भिक्टोरिया–मोन्टेरी राजमार्गमबाट ६७ किलोमिटर  टाढा सो दुर्घटना भएको हो । दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

    दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ । राष्ट्रिय सार्वजनिक सुरक्षा प्रणालीका अनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्म मेक्सिकोमा सवारी दुर्घटनामा ९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप