• ट्रेण्डिङ्ग :
नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानलाई सार्थक तुल्याउन रक्तदान कार्यक्रम

नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानलाई सार्थक तुल्याउन रक्तदान कार्यक्रम


  • 5.5K
    SHARES
    • भाद्र २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानलाई सार्थक तुल्याउन रक्तदान कार्यक्रम

    काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय कार्यालयद्वारा रक्तदान गर्न/गराउनको गरिएको आह्वानलाई सार्थक तुल्याउँन ललितपुर महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष अमृत जङ्ग महतको प्रमुख आतिथ्यता रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
    आइतबार वडाध्यक्ष अमृत जङ्ग महतको आतिथ्यता र नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष आतिथ्यता आइन्स्टाइन एकेडेमीको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    images

    कार्यक्रममा चौबीस जनाले रक्तदान गरेका थिए । सहभागी रक्तदाताहरूलाई रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रमाण-पत्र प्रदान गरेका थिए ।