काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको चौंथो दिनको बयान पनि ससकिएको छ। महाभियोग सिफारिस समितिले लगभग साढे १२ बजेदेखि लिन सुरु गरेको बयान केहि समय अघि मात्र सकिएको हो ।
आइतबारको बयानमा ११ नम्बर प्रश्नबाट सुरु गरेर ३५ नम्बरसम्म जबराको बयान लिइएको छ । यो सँगै ४३ मध्ये ३५ वटा प्रश्नको बयान सकिएको छ । अर्को बैठक मंगलबार ११ बजेका लागि राखिएको छ । उक्त दिनमा ८ प्रश्न सोध्दै सांसदहरुको प्रतिप्रश्नमा जवाफ लिने समितिको तयारी रहेको छ । समितिले उक्त दिन प्रतिप्रश्न समाप्त भएमा बुधबार र बिहीबार प्रतिवेदन तयार गरि संसद्मा पठाउने तयारी गरेको छ ।
समितिले मुख्यरुपमा सर्वोच्चमा विचौलियाको प्रवेशदेखि भवन निर्माणमा अनियमितता भएको कुरामा प्रश्न गरिएको थियो । समितिको प्रश्नमा जवाफ दिँदै राणाले आफूले कुनै पनि गल्ती नगरेको दाबी गरेका छन् । यसअघिकै बयानझैं राणाले आफूले महाभियोग लाग्ने कुनै पनि कार्य सर्वोच्चमा बसेर नगरेका दाबी गरेका छन् । गत फागुन १ गते सत्ता पक्षका ९८ सांसदले २१ आरोप लगाउँदै राणाविरुद्ध महाभियोग दायर गरेका थिए ।
