• ट्रेण्डिङ्ग :
कमल र मेलिनाबीच इन्गेजमेन्ट : भने- ‘चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस्’

कमल र मेलिनाबीच इन्गेजमेन्ट : भने- ‘चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस्’


  • 6.9K
    SHARES
    • भाद्र २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    कमल र मेलिनाबीच इन्गेजमेन्ट : भने- ‘चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस्’

    काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका छन् ।

    images

    दुवै जनाले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

    कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कमल नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा संगीतकार हुन् भने मेलिना मैनाली उदयीमान गायिका हुन् । उनी रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चामा आएकी हुन् ।

  • सम्बन्धित विषय:

  • # कमल र मेलिनाबीच इन्गेजमेन्ट

  • तेस्रो आँखा
    लेखकबाट थप