२० वर्षमुनिको एसियाकप फुटबल : नेपालले आज कतारसँग खेल्दै

 २० वर्षमुनिको एसियाकप फुटबल : नेपालले आज कतारसँग खेल्दै


  • 7.2K
    SHARES
    • भाद्र २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.0K Views

     २० वर्षमुनिको एसियाकप फुटबल : नेपालले आज कतारसँग खेल्दै

    काठमाडौं । २० वर्षमुनिको एसियाकप फुटबल छनोट अन्तर्गत नेपालले दोस्रो खेल आज (सोमवार) कतारसँग खेल्ने भएको छ। यसअघी शनिबार राति भएको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको थियो । बहराइनको शेख अलि विन मोहम्मद अल खलिफा मैदानमा गएराति भएको खेलमा भुटानले नेपाललाई २-० ले हराएको हो ।

    images

    यसैगरी बिहीवार नेपालले बहराइनसँग खेल्ने छ । आउँदो आइतवार भने बंगलादेशसँग खेल्ने तालिका छ। समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छ। शनिबार भुटानले पहिलो खेलमा महत्त्वपूर्ण ३ अंक जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । छनोटको समूह ‘बी’ मा नेपाल, भुटान, कतार, बहराइन र बङ्गलादेश रहेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # २० वर्षमुनिको एसियाकप फुटबल छनोट

  • तेस्रो आँखा