राष्ट्र बैंकद्वारा १० अर्बको ट्रेजरी आह्वान

राष्ट्र बैंकद्वारा १० अर्बको ट्रेजरी आह्वान


  • 5.6K
    SHARES
    • भाद्र २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    राष्ट्र बैंकद्वारा १० अर्बको ट्रेजरी आह्वान

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १० अर्ब रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार आज सोमबार अपराह्‌न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

    images

    जारी मिति भने भदौ २८ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको छ ।

    राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असोज २५ गते र २०७९ मंसिर २७ गते तोकिएको छ । यी दुवै ट्रेजरी पुरानो नवीकरणअन्तर्गतका हुन् ।

    NTB-Notice.jpg