काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा नेपालले आज (सोमबार) श्रीलंकासँग खेल्दै छ। समूह ‘बी’को अन्तिम खेल नेपाली समयअनुसार साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुने आयोजकले जनाएको छ ।
समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने गरी आजको खेल जित्ने नेपालको योजना रहको छ। नेपालले यसअघि भएको पहिलो खेलमा भुटानलाई शून्यका विरुद्ध चार गोलले पराजित गरेको थियो ।
भुटानले अहिलेसम्म दुई खेल खेलिसकेको छ। एकमा जित हासिल गरेको छ । एक खेलमा हार बेहोरेको छ । नतिजाअनुसार समूह बी बाट श्रीलंकालाई ५-० ले हराएरबाट यसअघि नै भुटान सेमिफाइनल प्रवेश गरिसकेको छ ।
श्रीलंकासँग बराबरी भए वा जित भए पनि नेपाल समूह विजेता बन्ने भएको छ । सेमिफाइनल पुग्न श्रीलंकाले नेपाललाई पाँचभन्दा बढी गोलअन्तरमा पराजित गर्नुपर्नेछ ।
