नवौँ राष्ट्रिय खेलकुद : लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गर्दै आर्मी विजयी

नवौँ राष्ट्रिय खेलकुद : लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गर्दै आर्मी विजयी


  • 5.1K
    SHARES
    • भाद्र २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    नवौँ राष्ट्रिय खेलकुद :  लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गर्दै आर्मी विजयी

    काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मी लुम्बिनी प्रदेशलाई नौ विकेटले पराजित गर्दै विजयी भएको हो ।

    images

    प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो । वर्षाका कारण खेल १९ ओभरमा छोट्याइएको थियो । लुम्बिनीले दिएको ८६ रनको सामान्य लक्ष्य आर्मीले १० ओभर तीन बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । आर्मीका लागि हरि चौहानले ३५ तथा अर्जुन साउदले अविजित २८ रन बनाए । भीम सार्कीले अविजित १८ रन बनाए ।
      
    लुम्बिनीका लागि अनिल खरेलले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले १९ ओभरमा नौ विकेट गुमाएर ८५ रन जोडेको थियो । उसका लागि कप्तान कृष्ण कार्कीले अविजित २८ तथा सन्दीप रजालीले १५ रन बनाएका थिए । यसैगरी देव खनाल र बासिर अहमदले १३-१३ रन बनाए ।
     
    लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशन भारीले पाँच विकेट लिए । त्यस्तै हरि चौहानले दुई तथा आकाश चन्द र सोमपाल कामीले समान एक-एक विकेट लिए । जितसँगै आर्मीको चार खेलमा छ अङ्क भएको छ । लुम्बिनीको भने पाँच खेलमा तीन अङ्क रहेको छ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ । 

  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुदः

  • तेस्रो आँखा
    लेखकबाट थप