काठमाडौं । सेयर बजार परिसूचक आज (बुधबार) पनि उकालो लागेको छ । अघिल्लो दिन २१ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन बुधबार पुन: ४७ दशमलव ४४ अंकले बढेको छ । योसँगै नेप्से १,९८१ दशमलव ४८ विन्दुमा पुगेको छ ।
यस्तै सेन्सिटिभ इन्डेक्स ९ दशमलव १९ अंकले उकालो लागेर तीन सय ८५ दशमलव ३६ अंकमा चढेको छ । बुधबार १३ उपसमूहअन्तर्गत २२७ कम्पनीको सेयर-खरिद बिक्री भएका छन् । जसबाट ३१ हजार २३ पटकको कारोबारमा ४६ लाख १८ हजार पाँच सय १६ कित्ता सेयर खरिद-बिक्री भए ।
सोही खरिद बिक्रीका आधारमा बुधबार कुल सेयर कारोबार रकम एक अर्ब ४५ करोड ३८ लाख २४ हजार छ सय ५० रुपैयाँ पुगेको छ ।
नेप्सेमा बुधबार कारोबार भएका कुल उपसमूहमध्ये सबै उपसमूहको सूचक उकालो लागेर सेयर बजार हरियाली भएको छ ।
