• ट्रेण्डिङ्ग :
३ दिनदेखि अनसनरत डाक्टर केसी अस्पताल भर्ना 

३ दिनदेखि अनसनरत डाक्टर केसी अस्पताल भर्ना 


  • 4.9K
    SHARES
    • भाद्र २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    ३ दिनदेखि अनसनरत डाक्टर केसी अस्पताल भर्ना 

    काठमाडौं ।  स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै ३ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
     स्वास्थ्यमा समस्या आएपछि धनगढीस्थित गिता सत्संग समितिको धर्मशाला भवनमा अनसनमा रहेका डाक्टर केसीलाई अस्पतालको वार्डमा भर्ना गरिएको हो।

    images

    डाक्टर केसीलाई बोल्नमा समस्या भरहेको, बल्ड प्रेसरमा कमी, शरीर कमजोर भएको डाक्टर अमृत जैसीले जानकारी दिए। उनले चिकित्सकको सल्लाह बमोजिमनै डाक्टर केसीलाई अस्पतालमा भर्ना गरिएको बताए।

    बुधबार बिहान उनको रगत र पिसाबको परीक्षण गरिएको थियो। सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले उनको स्वास्थ्य परीक्षण गरेका छन् । केसीको यो अनसन २०औं पटक हो ।

  • सम्बन्धित विषय:

  • # डाक्टर केसी

  • तेस्रो आँखा