• ट्रेण्डिङ्ग :
नवौं राष्ट्रिय खेलकुद
सुदूरपश्चिम प्रदेशस्तरीय छनोट शुक्रबारदेखि 

सुदूरपश्चिम प्रदेशस्तरीय छनोट शुक्रबारदेखि 


  • 5.5K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    सुदूरपश्चिम प्रदेशस्तरीय छनोट शुक्रबारदेखि 

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

    images

    छनोट आगामी ७ गतेसम्म सञ्चालन हुनेछ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी,भलिबल,बास्केटबल, ह्याण्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुश्तीलगायत खेल समावेश गरिएको छ। छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन हुने छन् ।  

    प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन जिल्ला जिल्लाबाट खेलाडी कैलाली र कञ्चनपुर पुग्ने क्रम जारी छ।बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन् ।

    राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुँदै छ। 

  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुदः

  • तेस्रो आँखा