नवौं राष्ट्रिय खेलकुद : आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट

नवौं राष्ट्रिय खेलकुद : आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट


  • 5.7K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    नवौं राष्ट्रिय खेलकुद : आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता (आज) शुक्रबारदेखि हुने भएको छ ।

    images

    छनोट असोज ७ गतेसम्म हुनेछ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, कराते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुस्तीलगायत खेल समावेश गरिएको छ । छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा हुनेछन् ।  

    प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन जिल्ला-जिल्लाबाट खेलाडी कैलाली र कञ्चनपुर पुग्ने क्रम जारी छ । बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन् ।

    राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुँदै छ ।

  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुदः

  • तेस्रो आँखा