• ट्रेण्डिङ्ग :
नेताले बोल्दैमा सेयर बजार घटने बढने हुँदैन- अर्थमन्त्री शर्मा

नेताले बोल्दैमा सेयर बजार घटने बढने हुँदैन- अर्थमन्त्री शर्मा


  • 7.1K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    नेताले बोल्दैमा सेयर बजार घटने बढने हुँदैन- अर्थमन्त्री शर्मा

    काठमाडौं, २७ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार हल्लाको भरमा चलेको बताएका छन् । आज बीमा समितिको नयाँ भवनको शिलान्यास कार्यक्रममा शर्माले एउटा नेताले बोलेकै भरमा सेयर बजार बढनु वा घटनु राम्रो नभएको बताए । यस अघि शनिबार पार्टीको प्रदेश सम्मेलनका क्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पुँजीवादको विकासले जनताको हित नगर्ने बताएका थिए ।

    images

    कुनै नेताले बोलेकै भरमा सेयर बजार बढनु वा घटनु भनेको समग्र पुँजी बजारको संरचना र स्थायित्वमा प्रश्न उठेको शर्माको भनाई छ । उनले नेताका कारण सेयर बजार बढाउने वा घटाउने भन्ने नहुने तर्क गरे । 

    त्यस्तै उनले कोरोना बिमामा सरकारले तिर्नुपर्ने दायित्व छिट्टै प्रदान गर्ने प्रतिबद्धता जनाए । बिमा समितिले हचुवाको भरमा कोरोना बीमा पोलिसी ल्याएकाले भुक्तानीमा सरकारलाई ठूलो आर्थिक भार परेको आरोप लगाए । 

    यद्यपि, कोरोना बीमाको रकम भुक्तानीबारे अर्थ मन्त्रालयमा गृहकार्य भइरहेको उनले दोहोऱ्याए । यस्तै, नेपाली कम्पनीमा मात्र पुनर्बीमा गर्नुपर्ने बीमा समितिको पछिल्लो निर्देशन सम्बन्धमा पनि अर्थमन्त्रालयले अध्ययन गरिरहेको शर्माले जानकारी दिए । 


    तेस्रो आँखा