काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्म छक्का पञ्जा ४ को प्रदर्शन मिति टुंगो लागेको छ ।
फिल्मका अभिनेता तथा निर्माता गिरीले शुक्रवार बिहान फेसबुकमार्फत आगामी फागुन १९ गतेदेखि उक्त फिल्म प्रदर्शन हुने घोषणा गरेका हुन् ।
छक्का पञ्जा ४ ले फागू पूर्णिमा रोजेको छ । यसअघि यो फिल्म तिहारमा प्रदर्शन गर्ने चर्चा थियो । यसअघि यो फिल्म तिहारमा प्रदर्शन गर्ने चर्चा थियो ।
हेमराज बिसीले निर्देशन गरिरहेको यो फिल्मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत कलाकार मुख्य भूमिकामा रहेका छन् ।
