दसैंको अग्रिम टिकट बुकिङ भोलिदेखि !

दसैंको अग्रिम टिकट बुकिङ भोलिदेखि !


  • 4.9K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    दसैंको अग्रिम टिकट बुकिङ भोलिदेखि !

    काठमाडौं । यस वर्षको दसैंका लागि भोलि (शनिबार) देखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यसका लागि तयारी पूरा भएको यातायात व्यवस्था विभागले जनाएको छ । 

    images

    गत असार २७ गते तोकिएको भाडादरअनुसार नै यसपटकको दसैंका लागि यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ ।

    यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति गरेका थिए । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने/गराउने सहमति भएको थयो ।

    अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गरिने विभागका महानिर्देशक डा. टोकराज पाण्डले बताए ।

    अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः निरुत्साहित गर्ने/गराउने योजना पनि छ । मुख्य सडकलाई मर्मत/सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सडक विभागलाई अनुरोध गरिएको डा. पाण्डेले बताए । उनका अनुसार यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गर्ने निर्णय पनि भएको छ ।