काठमाडौं । २०७४ सालको समानुपातिकको बन्दसूची आज (शनिबार) देखि खारेज हुँदैछ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दलहरुले बुझाएको बन्दसूची खारेज हुने भएको हो ।
अहिलेसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्तिमार्फत जनाएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची आगामी आइतवार र सोमवार बुझाउने कार्यतालिका रहेको छ । २०७४ को बन्दसूची कायम रहेको अवस्थामा अघिल्लो पटकको बन्दसूचीमा परेकाहरुलाई अबको बन्दसूचीमा राख्न मिल्ने कि नमिल्ने भन्नेबारे बहस भने जारी छ ।
आइतबार समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका छ । यस अवस्थामा प्रतिनिधिसभा शनिबारदेखि नै अन्त्य गर्ने तयारी छ ।
