स्पेनलाई हराउँदै फ्रान्सले जित्यो नेशन्स लिगको उपाधि

स्पेनलाई हराउँदै फ्रान्सले जित्यो नेशन्स लिगको उपाधि


  • 5.4K
    SHARES
    • आश्विन २५, २०७८ सोमबार
    • ५ बर्षs अघि
    • 8.2K Views

    स्पेनलाई हराउँदै फ्रान्सले जित्यो नेशन्स लिगको उपाधि
     

    केलियन एमबाप्पेल गोल र एसिस्ट गरेपछि फ्रान्सले युइएफए नेशन्स लिगको उपाधि जितेको छ।

    images

    विश्वविजेता फ्रान्सले आइतबार राति भएको उपाधि भिडन्तमा स्पेनलाई २-१ गोलले हराएर उपाधि जितेको हो।

    खेलमा अग्रता भने स्पेनले लिएको थियो। ६४ मिनेटमा बुस्केटले दिएको पासमा ओयर्जाबालले गोल गर्दै स्पेनलाई अग्रता दिलाए।

    ६६ मिनेटमा फ्रान्सका लागि करिम बेन्जिमाले बराबरी गोल फर्काए। उनले एमबाप्पेको पासमा गोल गरेका थिए।

    ८० मिनेटमा एमबाप्पेले फ्रान्सको अग्रता दोब्बर पारेका थिए। उनलाई हर्नान्डेजले पास दिएका थिए।

    खेलमा फ्रान्सका गोलकिपर हुगो लोरिसले स्पेनका दुई प्रहारलाई विफल पारिदिएका थिए।

    यता बेल्जियमलाई २-१ ले हराएर इटालीले तेस्रो स्थान हात पारेको छ।


    तेस्रो आँखा