धुमधामका साथ आज  विश्वकर्मा पूजा गरिँदै

धुमधामका साथ आज  विश्वकर्मा पूजा गरिँदै


  • 8.5K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    धुमधामका साथ आज  विश्वकर्मा पूजा गरिँदै

    काठमाडौं । आश्विन संक्रान्तिका दिन आज विश्वकर्माको पूजा आराधना गरिँदैछ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने धार्मिक परम्परा छ।

    images

    कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । दिनभरि पूजा गरेपछि नदीमा लगेर मूर्ति सेलाउने गरिन्छ।

    आजका दिन प्रयोगमा ल्याइने विभिन्न औजारका सामानमा पूजाआराधना गरे धेरै समय टिक्ने विश्वास गरिन्छ। धातुजन्य औजारको पूजा गरेका सामान कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

    द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा लिइन् । त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको विश्वास छ । 

    प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ ।

  • सम्बन्धित विषय:

  • # विश्वकर्मा पूजा

  • तेस्रो आँखा