काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार आज (आइतबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने असोज ४ गते तोकिएको छ । ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुल ट्रेजरीमध्ये २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड र एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड रुपैयाँबराबरको छ । राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कात्तिक १ गते, २०७९ पुस ५ गते र २०७९ चैत ७ गते तोकिएका छन् ।

