कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ को मृत्यु

कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ को मृत्यु


  • 4.6K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ को मृत्यु

    काठमाडौं । चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ।

    images

    दक्षिण-पश्चिम प्रान्त उइजोमा बस पल्टिँदा २० जना घाइते भएको जनाएको छ। दुर्घटनामा परेको बसले कोरोना संक्रमितलाई क्वारेन्टिनतर्फ लाँदै थियो।
     
    दुर्घटनापछि चीनको कोभिडप्रति शुन्य शहनशीलताको नीतिबारे बेइजिङमा आलोचना भइरहेको छ।

    उइजोमा ७ सय १२ जना सक्रिय संक्रमित छन्। चीनमा कोरोना संक्रमितमध्ये यो संख्या ७० प्रतिशत हो।  चीनको कोभिड नीतिबारे अक्टोबरमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनमा छलफल हुने बताइएको छ।
     
    २ करोड १० लाख जनसंख्या बसोबास गर्ने बेइजिङमा सार्वजनिक संस्था वा स्थानमा जानुपर्दा प्रत्येक तीन दिनको कोरोना रिपोर्ट लिएर जानुपर्ने नीति छ।

  • सम्बन्धित विषय:

  • # कोरोना

  • तेस्रो आँखा