• ट्रेण्डिङ्ग :
अनरसन डा. केसीलाई अन्यत्र रिफर गर्न सुझाव

अनरसन डा. केसीलाई अन्यत्र रिफर गर्न सुझाव


  • 4.7K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    अनरसन डा. केसीलाई अन्यत्र रिफर गर्न सुझाव

    काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढीले अनशनरत डा. गोविन्द केसीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको छ । डा. केसी ८ दिनदेखि सेती प्रादेशिक अस्पतालमा अनसनरत छन् । 

    images

    उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि अन्यत्र रिफर गर्न सुझाव दिइएको अस्पतालले सोमबार एक सूचना जारी गर्दै जनाएको छ । डा. केसीको उपचार गर्न बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न  पनि सूचनामा सुझाइएको छ । 

    भदौ २७ गतेदेखि अनशनरत डा. केसीले राखेका मागबारे सरकारले  भने अझैसम्म कुनै पनि सुनुवाइ गरेको छैन । डा. केसी र सरकारी पक्षबीच आइतबार पहिलो चरणको वार्ता भए पनि निष्कर्षविहीन भएको थियो ।