अब चितवनमा पनि पठाओ, यस्ता छन् सुविधा !

अब चितवनमा पनि पठाओ, यस्ता छन् सुविधा !


  • 5.6K
    SHARES
    • आश्विन ४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    अब चितवनमा पनि पठाओ, यस्ता छन् सुविधा !

    काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने घोषणा गरेको छ ।

    images

    चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यमसमेत बन्दै गएको यस प्लेटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमाल बताउँछिन् ।

    ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’

    चितवनमा पठाओमा आबद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लुबुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुर कान्ति चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् । थप जानकारीका लागि ०१-५९७००९९ मा कल गर्न पनि सकिन्छ ।

    के छ त पठाओमा सुविधा ?
    पठाओमा हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, चौबीसै घण्टा कल-सेन्टर र कस्टमर सपोर्ट सेवा, एपभित्रै आपतकालीन प्रहरी सम्पर्कको विकल्प रहेको र हरेक राइड सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सन्जालमा सेयर गर्ने सुविधा छन् ।

    बिमाअन्तर्गत हरेक यात्रामा एक लाखसम्मको उपचार बिमा र १० लाख रुपैयाँसम्मको दुर्घटना बिमाको सुविधा उपलब्ध छ । जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बिमा हो ।

    पठाओमा कागजात प्रमाणीकरण र तालिमपश्चात् मात्रै राइडरहरुले सेवा प्रदान गर्ने भएकाले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको बताइएको छ ।

    पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे चौबीसै घण्टा कल-सेन्टरमा सम्पर्क गरी गुनासो तथा उजुरी गर्न सकिन्छ । चौबीसै घण्टा कल सेन्टरबाट पठाओको सेवाका बारेमा आवश्यक जानकारीसमेत लिन सकिने प्रवक्ता हमालले बताइन् ।

    यस्तै, पठाओ प्रयोग गर्दा आपतकालीन अवस्था आएमा पठाओ एपभित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि रहेको छ ।

    पठाओको हरेक राइड सिस्टममा ट्रयाक हुन्छ । जसका कारण कुन राइड कता गइरहेको छ सोको सम्पूर्ण विवरण एपमा लाइभ जानकारी उपलब्ध हुन्छ । साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सन्जालमा सेयर गरेर आफू पुगिरहेको गन्तव्यबारे प्रत्यक्ष (लाइभ) जानकारी गराउन सकिन्छ ।

    एपमार्फत बुक नगरी अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीले कुनै पनि सुविधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षित र सुनिश्चित नहुने हमालको भनाइ छ ।

    सन् २०१८ सेप्टेम्बरमा बाइकमा राइड सेयरिङमार्फत सेवा दिइरहेको पठाओले २०१९ अगस्तमा कार लाइट अर्थात् ट्याक्सी सेवा जोडेको हो । भने राइड सेयरिङ सुरु गरेको २ वर्षपछि सेप्टेम्बर २०२० मा पठाओले होटेल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै काठमाडौंमा ‘पठाओ फुड’ समेत सुरु गरेको छ ।

  • सम्बन्धित विषय:

  • # पठाओ

  • तेस्रो आँखा