काठमाडौं । ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी पुगेको छ। स्वास्थ्य सेवा सुधारका माग राखेर अनशनरत केसीलाइ लिन सेनाको स्काई ट्रक धनगढी पुगेको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले अस्पताल पुगेर केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरे । तर यो समाचार तयार पारुन्जेल डा. केसी उपचारका लागि काठमाडौं जान ननमानेको बुझिएको छ ।
आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले भनेका छन् । उता सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको बताएका छन् । उनलाइ अन्यत्र अस्पतालमा रिफर गर्न अस्पतालले सुझाव दिइसकेको छ ।
