१,८३७ विन्दुमा खुम्चियो सेयर बजार, कारोबार रकम डेढ अर्ब पनि पुगेन

१,८३७ विन्दुमा खुम्चियो सेयर बजार, कारोबार रकम डेढ अर्ब पनि पुगेन


  • 5.9K
    SHARES
    • आश्विन ४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    १,८३७ विन्दुमा खुम्चियो सेयर बजार, कारोबार रकम डेढ अर्ब पनि पुगेन

    काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८ दशमलव ८१ अंकले ओरालो लागेर १,८३७ दशमलव ६० विन्दुमा झरेको छ । यस्तै सेन्सिटिभ इन्डेक्स पनि सात अंकले ओरालो लागेर तीन सय ५८ दशमलव ८७ विन्दुमा झरेको छ ।

    images

    आज (मंगलबार) १३ उपसमूहअन्तर्गत २३१ कम्पनीको सेयर खरिद-बिक्री भएका छन् । जसबाट ३० हजार एक सय ३५ पटकको कारोबारमा ३८ लाख ५६ हजार पाँच सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार आज कुल कारोबार रकम एक अर्ब २२ करोड ९६ लाख ६९ हजार सात सय २२ रुपैयाँ पुगेको छ ।

    नेप्सेमा आज कारोबार भएका कुल उपसमूहमध्ये सबै उपसमूहको सूचक ओरालो लागेर सेयर बजार राताम्मे बनेको छ । 

    नेप्सेमा मंगलबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ९२ प्रतिशतले बढेर १५ सय ३८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा कालिका पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर तीन सय रुपैयाँ ६० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

    यसैगरी आज हिमालयन डिस्टिलरी प्रालिको प्रतिकित्ता तीन हजार दुई सय १० रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ६५ लाख ३३ हजार आठ सय २९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # राताम्मे नेप्से

  • तेस्रो आँखा