भारतका चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन

भारतका चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन


  • 5.3K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    भारतका चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन

    नयाँ दिल्ली। भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ। १० अगस्टमा हृदयघात भएपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।उनको भारतीय समयअनुसार विहान १०:२०बजे निधन भएको हो ।  

    images

    उनको जन्म सन् १९६३ मा कानपुरमा  भएको थियो । राजु श्रीवास्तवलाई बाल्यकालदेखि नै फिल्म स्टारहरूको नक्कल गर्ने मन थियो। सोही चाहनाअनुसार उनले कलाकारिता क्षेत्रलाइ अगाडि बढाउँदै  गएका थिए । उनले भारतीय हास्य कलाकारको क्ष‍ेत्रमा ठूलो योगदान दिएका छन्  ।

    श्रीवास्तव सन् १९८० को दशकमा हिन्दी फिल्महरूमा एक अभिनेताको रूपमा मनोरञ्जन उद्योगमा सामेल भएका थिए । उनले सन् २००५ मा स्ट्यान्ड-अप कमेडी रियालिटी शो, द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जमा भाग लिएका थिए । उनी उक्त प्रतियोगितामा प्रथम  भएसँगै भारतीय हास्यकलाकारिताको क्षेत्रमा उदाउँदै गएका थिए ।