दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ७२ करोड

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ७२ करोड


  • 5.9K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ७२ करोड

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन (मंगलबार) झन्डै ३९ अंकले ओरालो लागेको नेप्से साताको चौथो कारोबार दिन अर्थात् आज (बुधबार) ११ दशमलव १९ अंकले उकालो लागेको छ । योसँगै नेप्से १८ सय ४८ दशमलव ८० विन्दुमा पुगेको छ । यस्तै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव एक अंकले उकालो लागेर तीन सय ६० दशमलव ८८ विन्दुमा चढेको छ ।

    images

    बुधबार १३ उपसमूहअन्तर्गत २२६ कम्पनीको १९ हजार आठ सय ७९ पटक सेयर किनबेच भएका छन् । जसबाट २५ लाख ३१ हजार तीन सय ७० कित्ता सेयर खरिद-बिक्री भएकामा कुल कारोबार रकम ७२ करोड १२ लाख ५९ हजार आठ सय ४८ रुपैयाँ पुगेको छ । मंगलबार भने कारोबार रकम एक अर्ब २२ करोड रुपैयाँ पुगेको थियो ।

    नेप्सेमा बुधबार कारोबार भएका कुल उपसमूहमध्ये सामूहिक लगानी कोष उपसमूहको सूचक शून्य दशमलव शून्य ६ अंकले ओरालो लागेर बाँकी उपसमूहको सूचक उकालो लागेका छन् ।

    नेप्सेमा बुधबार सामलिङ पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ८९ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा विन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ६३ प्रतिशतले घटेर आठ सय ८५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार

  • तेस्रो आँखा