• ट्रेण्डिङ्ग :
डेङ्गु सङ्क्रमण रोकथाममा सरकार चुक्यो : एमाले

डेङ्गु सङ्क्रमण रोकथाममा सरकार चुक्यो : एमाले


  • 6.8K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    डेङ्गु सङ्क्रमण रोकथाममा सरकार चुक्यो : एमाले

    काठमाडौं । नेकपा एमालेले डेङ्गु सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै डेङ्गु सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन् ।

    images

    विज्ञप्तिमा उनले तीनै तहका सरकारलगायत विभिन्न सरकारी/गैरसरकारी निकायकाबीचमा समन्वयात्मक परिचालन, सिटामोललगायत औषधिको सहज उपलब्धताको माग गरेका छन् । लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्नसमेत उनले आग्रह गरे ।

    नेता भट्टराईले देशव्यापी रुपमा फैलिएको डेङ्गु रोगका कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्लो तथ्यांकअनुसार १७ हजार पाँच सय ९४ जना प्रभावित र २१ जनाको निधन भएको छ । डेङ्गु रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको उनको भनाइ रहेको छ ।

    उनले पार्टीका तहगत कमिटी तथा जनसंगठन र पार्टी सदस्यलाई समेत डेङ्गु रोग नियन्त्रणमा योगदान गर्न आह्वानसमेत गरेका छन् ।

    Press-Statement-Ashoj-5-UML.jpg


    तेस्रो आँखा